दिलिप स्मृति प्रतिष्ठान सामाजिक सेवामुलक गैर सरकारी संस्था हो । नेपाली खेलकुद क्षेत्रको तेक्वान्दो विधामा सक्रिय रुपमा क्रियाशील यस प्रतिष्ठानले मुख्य रुपमा तेक्वान्दो खेलको विकास विस्तार र नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने तेक्वान्दो प्रतियोगिताहरुमा सहभागीता जनाउन, योग्य र सक्षम तेक्वान्दो खेलाडि उत्पाद गर्ने पवित्र उद्देश्यलाई अभियानकै रुपमा अघि बढाईरहेको छ । विशुद्ध रुपमा खेलकुद र सामाजिक सेवामा प्रतिष्ठान समर्पित रहेको छ । यस प्रतिष्ठानद्वारा सञ्चालित दिलिप स्मृति तेक्वान्दो डोजाङका तेक्वान्दो खेलाडिहरुले नेपालमा आयोजना भइरहेको विभिन्न क्षेत्रीय, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिताहरुमा अत्याधिक सफलता हासिल गरिरहेका छन् । साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत सहभागी भएर सफलता हासिल गरिरहेका छन् । लामो समयदेखि नेपाली तेक्वान्दो खेल क्षेत्रमा जीवन समर्पण गर्नुभएका राजेन्द्र खत्री यस डोजाङका प्रमुख प्रशिक्षक हुनुहुन्छ भने चित्रबहादुर राना संस्थापक अध्यक्ष हुनुहुुन्छ । वि.सं २०७१ सालमा स्थापना भएको यो प्रतिष्ठान यसभन्दा वि.सं २०६४ सालमा ब्वाइज युनियन तेक्वान्दो डोजाङको नाममा दशरथ रंगशाला परिसरमा त्रिपुरेश्वरमा वि.सं सालदेखि नै सञ्चालन भइसकेको थियो । सोही डोजाङका होनाहार खेलाडि दिलिप खत्रीको असामायिक निधन भएपछि उनकै स्मृतिमा ब्वाइज युनियन तेक्वान्दो डोजाङ दिलिप स्मृति तेक्वान्दो डोजाङको रुपमा रुपान्तरण गरेर विशुद्ध सामाजिक सेवा मुलक खेलक्षेत्रको विकास विस्तार गर्ने तथा समाजका अन्य क्षेत्रहरुमा समेत सहभागीता जनाउने उद्देश्यले तेक्वान्दो डोजाङलाई दिलिप स्मृति ट्रष्टको रुपमा विकास गरी सञ्चालन गरिएको हो । हाल दिलिप स्मृति ट्रष्ट नेपाल सरकारमा दर्ता भई राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ तथा कोरियन तेक्वान्दो संघ लगायतका संस्थाहरुमा सम्बन्धन प्राप्त गरेको छ ।
Dilip Memorial Trust is a social service non-governmental organization. Actively active in the Taekwondo genre, this foundation is mainly promoting the development and expansion of the Taekwondo game and the participation of Nepal in the Taekwondo competitions organized at the national and international level, and the sacred purpose of producing qualified and competent Taekwondo players is being carried forward as a campaign. The foundation is purely dedicated to sports and social services. Taekwondo players of Dilip Memorial Taekwondo Dojang run by this foundation are achieving great success in various regional, provincial and national competitions being organized in Nepal. They are also participating in various international competitions and achieving success. Rajendra Khatri, who has dedicated his life to the field of Nepali Taekwondo for a long time, is the chief trainer of this Dojang, while Chitra Bahadur Rana is the founding president. This establishment, which was established in the year 2014, was already operating in Tripureshwar in the year 2007 under the name of Boys Union Taekwondo Dojang in Dashrath Stadium complex. After the untimely death of Dilip Khatri, a famous player of the same Dojang, Boys Union Taekwondo Dojang was transformed into Dilip Memorial Taekwondo Dojang in his memory. After its establishment, Taekwondo Dojang was developed and operated as Dilip Memorial Trust with the aim of expanding the development of the sports field as a purely social service and also to show participation in other areas of the society. Currently, Dilip Memorial Trust is registered with the Nepal Government and has obtained affiliation with the National Sports Council, Nepal Taekwondo Association and Korean Taekwondo Association.