काठमाडौं । दिलिप स्मृति तेक्वान्दो डोजाङलाई विभिन्न कार्यक्रममा सहयोग गर्नुभएका गोठाटार तेक्वान्दो डोजाङका प्रमुख प्रेम भण्डारीलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । दशरथ रंगशाला परिसरमा दिलिप स्मृति प्रतिष्ठानका अध्यक्ष चित्र राना एवं डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले मायाको चिनो प्रदान गर्दै खादा ओडाएर सम्मान गर्नुभएको थियो ।
Category: News/Events
महिला राष्ट्रिय तेक्वान्दोमा दिलिप स्मृतिले जित्यो तीन स्वर्ण
काठमाडौं । चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा दिलिप स्मृति तेक्वान्दो डोजाङका तेक्वान्दो खेलाडिले हालसम्म तीन स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा शनिवार भएको प्रतियोगितामा डोजाङका कञ्चन नेपालीले जुनियर ६३ के.जी मुनिको तौल समुहमा, कुसुुम बिकले ४९ केजी र रोजिना तामाङले ४६ केजी तौल समुहमा प्रथम हु्ँदै स्वर्ण पदक…
पलेशा गोवर्धनलाई महासंघको नगदसहित सम्मान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार पारालम्पिकमा तेक्वान्दोमा कांस्य पदक विजेता २१ वर्षीया पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार रुपैयाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो । गोवर्धन पारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सम्मान…
HISTORICAL TOURIST AREAT OF NEPAL
तेक्वान्दो खेलाडिको विदाई
काठमाडौं । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने तेक्वान्दो खेलाडिको बिहिबार विदाई गरिएको छ । दिलिपस्मृति तेक्वान्दो डोजाङबाट छनोट भएका सिसम श्रेष्ठ र सरोज मगरलाई एक कार्यक्रमका बीच डोजाङका अध्यक्ष चित्र राना र प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले खादा लगाएर विदाई गर्नुभएको थियो । तेक्वान्दो खेलाडिहरुको टोलि शुक्रबार प्रस्थान गर्दैछ ।